दिनेशको ‘प्रकाश’ मा प्रदिप र रेनु



काठमाडौँ। दिनेश राउतको निर्देशन रहने चलचित्र ‘प्रकाश’ निर्माण घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका बीच चलचित्र निर्माण घोषणा गरिएको हो । अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने चलचित्र फागुनको दोस्रो साताबाट छायाँकनमा जानेछ । धनगढीकी रेनुले चलचित्र ‘प्रकाश’ बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

चलचित्रमा प्रदीप र रेनुको अलवा दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहनेछ । विकास सुवेदीको कथा रहेको चलचित्र बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा महेन्द्र अधिकारीले निर्माण गर्न लागेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन र जिवन थापाको सम्पादन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.