यसराजसँग देउडा भाका ‘हे गाजलीमा’ सरिता (भिडियो)



काठमाडौं। यस अघि विभिन्न गीत श्रोतामाझ ल्याएकी गायिका सरिता भारतीले आफ्नो नयाँ देउडा भाकाको गीत हे गाजली…को भिडियो दर्शकमाझ ल्याएकी छिन् । बसन्त पञ्चमीको अबसर परेर यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

यो देउडा गीतमा सरिता भारती र हिमालयराज (हेमराज भट्ट)को युगल स्वर रहेको छ । गीतको लय पनि हिमालय राजकै हो । यस अघि थुप्रै देउडा गीत गाएका हिमालय र सरिताले हे गाजलीमा युगल स्वर दिएका छन् ।

गीतमा राज सागरको संगीत, टेकेन्द्र याक्सोको संगीत संयोजन रहेको छ । भ्वाईस अफ नेपाल स्टुडियोमा दीप घतानीले यो गीतको रेकर्डिङ र मिक्सिङ गरेका हुन् । सार्वजनिक भिडियोमा अभिनेता यसराज गराचसँग र गायिका सरिता भारती स्वयँ मुख्य भूमिकामा छिन् ।

लामो समयदेखि गीत लेख्दै आएका डब्बु क्षत्रीले यो गीत लेखेका हुन् । गीतलाई सुदुर पश्चिमको लवाजमा ढालिएको गीतकार क्षत्रीले बताएका छन् । यो गीतको भिडियो निर्देशन पनि क्षत्रीले नै गरेका हुन् । पछिल्लो समय भेकका गीतहरु निकै रुचाईएकाले आफुले यो गीत तयार गरेको पनि जानकारी गराए । गीतको भिडियोमा रामशरण उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन, श्याम बरालको मेकअप रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.