गौरव र लक्ष्मीको ‘घिन्ताङ’ शुभमुर्हूत



काठमाडौं। दीपक श्रेष्ठको निर्देशनमा निर्माण हुने चलचित्र ‘घिन्ताङ’को मंगलबार शुभमुर्हूत गरिएको छ । आगामी शुक्रबारबाट फ्लोरमा जाने सिनेमाको स्कृप्ट पुजा तथा शुभमुर्हूत कार्यक्रममा मुख्य कलाकार गौरव पहाही र लक्ष्मी बर्देवा उपस्थिति रहेको थियो ।

अन्तरजातिय सम्बन्धको कथा बोल्ने चलचित्रले निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गर्नेछ । सात बर्षपछि चलचित्र निर्देशनमा कमव्याक गर्ने तयारीमा रहेका श्रेष्ठले पहिलो पटक नयाँ पुस्ताको सोच अनुसार सामाजिक जनरा रोजेको बताए । नयाँ जोश र जाँगरका साथ उत्कृष्ठ कथामा दर्शकको मन जित्ने सिनेमा निर्माण गर्ने दाबी निर्देशक श्रेष्ठको छ । चलचित्र निर्माण नहुँदै आफुलाई घिन्ताङ चलचित्र पत्रकार र दर्शकलाई देखाउन उत्साहित रहेको सुनाए ।

‘घिन्ताङ’मा गौरबले चौतारीमा मादल बजाएर बेच्ने धनेको भुमिका निवार्ह गर्दैछन् । भने लक्ष्मीले ब्राम्हमण परिवारकी महिलाको भुमिकामा देखिँदैछिन् ।

चलचित्रमा गौरब र लक्ष्मीका अलवा निर शाह, मदनकृष्ण श्रेष्ठ र ४ जना बालकलाकारको अभिनय रहनेछ । सिनेमाको कथा साहित्यकार मन्दिरा मञ्जुश्रीले लेखेकी हुन् । मञ्जुश्रीले यो कथालाई एक संचार माध्यममा मासुको मुल्य शिर्षकमा प्रकाशित गरेकी थिइन् ।

कथाले निर्देशक श्रेष्ठको मन छोएपछि उनले चलचित्र निर्माणका लागि मञ्जुश्रीसँग इजाजत मागेका थिए । चलचित्र छायांकनको तयारी हुँदा निकै खुशी लागेको साहित्यकार मञ्जुश्री बताइन् । दीपक शर्माको संगीत रहेको ‘घिन्ताङ’मा संकल्प भुजेलले छायांकारको जिम्मेवारी सम्हाल्दै छन् । चलचित्रका प्रोडक्सन डिजाइनर पुष्कर लामा हुन् ।