सौगात र सृष्टिको ‘दि सेक्रेट्स अफ राधा’ को छायाँकन सुरु


काठमाडौँ । चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ को छायाँकन सुरु भएको छ । सुवर्ण थापाको निर्देशन रहने चलचित्रको बिहीवारदेखि पालुङबाट छायाँकन सुरु भएको हो ।

सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय रहने चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेतको पनि विशेष भूमिका रहनेछ । सामाजिक विषयवस्तु कथा बनाइएको फिल्म १५ दिन पालुङमा छायाँकनपछि बाँकी कामका लागि युनिट काठमाडौं फर्कनेछ । निर्देशक सुवर्णकै निर्माण रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायाँकन, कालीप्रसाद बाँस्कोटा संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.