सिडी बिजय र प्रविशाको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’



काठमाडौ । गायक सिडी बिजय अधिकारी र गायिका प्रविशा अधिकारीको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ बोलको गीत सार्वजनिक भएको छ । एनेक्समक्स म्युजिक नामक म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो ‘दुरी मजबुरी’ रिलिज भएको हो । सार्वजनिक गीतमा गायक सिडी बिजय अधिकारीले शब्द तथा संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका छ्न् ।

उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ बोलको गीतको म्युजिक भिडियोमा मोडल सुधिर श्रेष्ठ नव मोडल अशु न्यौपानेको साथमा अभिनेता सरोज खनाल, रश्मि भट्टसंगै निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’को पनि अभिनय देख्न सकिन्छ ।

निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ । भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन्।