बाशुदेव र बिद्याको गीतमा जेबिका र राजिव (भिडियो)



काठमाण्डौ। गायक वाशुदेब के.सी.को नयाँ म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक भएको छ। एल्बम ‘राईजिङ सन’ को ‘यो मौसम’ बोलको गीत बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक के.सी.को ‘टुक्रिनु थियो’ , ‘ओ प्रिय ‘ लगायतका गीतहरु समेत समावेश रहेका छन् । सार्वजनिक गीत सोही एल्बमको चौथो गीत हो ।

यस गीतमा गायक के.सी.सँगै ‘पिच रोड, ‘तीनपाते’ जस्ता चर्चित गीतकी गायिका बिद्या तिवारीको स्वर रहेको छ । यस गीतमा शब्द तथा संगीत हरि लम्सालको रहेको छ ।

गीतको भिडियोमा मोडल जेबिका कार्की र राजिव थापाको अभिनय रहेको छ । मिलन एक्स तामांग र मण्दीप बखुंछेले छायांकन गरेको भिडियोका निर्देशक मण्दीप बखुंछे हुन् भने सुप्रिम पराजुलीले सम्पादन तथा कलर करेक्शन गरेका छन् । भिडियोको कन्सेप्ट मनोज सापकोटाले तयार पारेका हुन् ।