‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको रोमान्टिक अवतार



काठमाण्डौ। माघ पहिलो साताबाट पोखराका बिभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र ‘डिसेम्बर फल्स’ का केही फोटोहरु सार्वजनीक भएका छन् । फोटामा चलचित्रका प्रमुख अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीका बिभिन्न भावमा प्रस्तुत भएको देखिन्छ ।

भारतीय टेलि तथा चलचित्र क्षेत्रमा कार्यरत निर्देशक प्रविण झाको निर्देशनमा निर्माण भइरहेको चलचित्रलाई दक्षिण भारतीय छायाँकार महेश आर गुप्ताले खिचिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट छन् । चलचित्रको केही दिनमा पोखरा सेडयुल समापन हुने र त्यसपछि झण्डै दुई साता काठमाडौमा खिचिने बताइएको छ ।

चलचित्रमा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित,सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ । बिपीका खनालको कथा रहेको चलचित्रको पटकथा र सम्वाद केदार भुसालले लेखेका हुन् । चलचित्र ०७८ को साउन १ गते प्रदर्शन हुने घोषणा गरिएको छ।