सुमन र मेलिनाको ‘बागमा’ आकाश र अस्मिता (भिडियो)



काठमाडौँ। गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘बागमा’ बोलको गीतको शब्द अम्बिका गुरुङले लेखेकी छिन् । राजन खतिवडाको संगीत रहेको गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अस्मिता श्रेष्ठ फिचर भएका छन् । उनीहरुलाई भिडियोमा निकै रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।
भवसागर इन्टरटेन्टमेन्टको निर्माणमा बनेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । भिडियोमा राजिव समरको करियोग्राफी रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियो सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.