मातातिर्थ औंशीमा आमाको लागि विनोदको उपहार


binod chudal

(सेलिब्रेटी नेपाल) २५ बैशाख-२०५९ सालमा ढुंगा लाई फूल मानी गीत गाएर नेपाली साँगितिक क्षेत्रमा प्रवेश गरेका गायक बिनोद चुडालले मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनमा सम्पूर्ण नेपाल आमा लाई सम्मान गर्दै आमा भए  बोलको गीत सार्बजनिक गरेका छन्। उक्त  गीतमा रचना महेश आचार्यको,संगीत सागर गौतमको रहेको छ  भने संगीत संयोजन किरण कँडेलको रहेको छ। नव गायक बिनोदले ०६९ मा रेडियो नेपाल बाट स्वर परिक्षा पास गरे पश्चात आमा गीत रेकर्ड गरायका हुन्।

ताप्लेजुंगमा जन्मियका गायक शीक्षण पेशा बाट बचेको समय संगीतमा दिने गर्दछन। बिनोदका अन्य गीत हरु पनि रेकर्डिङ्गका क्रममा रहेका छन्। आमा बोलको गीत को म्युजिक भिडियो बन्ने तयारी भई रहेको छ। एक दुइ महिना भित्रै दर्शकले म्युजिक भिडियो हेर्न पाउने विनोदले जानकारी गराए। राम्रो स्वर भएर पनि प्रचार प्रसारमा कम आएका बिनोद लाई यो गीत बाट धेरै श्रोता हरुले चिन्नु हुने छ भन्ने आशा गायकले लिएका छन्। अहिले नेपाली गीत  संगीतको बजार राम्रो नभयको र अडियो सी डी को बिक्रि राम्रो नभयकोले एल्बम ननिकाली एउटा मात्र गीत निकालियको गायक बताउं छन्।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.