चलचित्रको नाम ‘तेस्का बाजे’,कलाकार बिना मुहर्त



काठमाडौँ । चलचित्र ‘तेस्का बाजे’ निर्माण हुने भएको छ । बिजी बर्मा फिल्मस्को व्यानरमा कमेडी जनरामा चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा शुभ मूहुर्त गरिएको छ । मूर्हुतमा कलाकार भने सार्वजनिक गरिएन । चलचित्रका लागि केही कलाकार छनौट अझै बाँकी रहेको कलाकार सार्वजनिक नगरिएको कार्यक्रममा निर्माण युनिटले जानकारी दियो । कलाकार बिना पनि चलचित्रको मुहर्त गरिएको हो ।

कल्याण अधिकारीको निर्देशन रहेन चलचित्रका प्रस्तुतकर्ता राम महर्जन र निर्माता शत्रुधन अन्सारी हुन् । आगामी चैतको पहिलो साताबाट छायाँकन सुरु हुने बताइएको फिल्ममा दिवस गुरुङको छायाँंकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत र राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको गीतमा स्वर रहनेछ । निर्देशक अधिकारीले फिल्म काठमाडाँैं, धरान, इलाम र झापामा छायाँंकन गरिने बताए ।