प्रमोदको ‘ओइ माया’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘ओइ माया’ सार्वजनिक गरिएको छ । शब्द रविलाल पाण्डेको रहेको ‘ओइ माया’ बोलको गीतमा बिमुनको संगीत रहेको छ ।

‘ओइ माया ओइ माया ओइ माया किन किन तिमीसँग बोल्न मन लाग्छ मनको कुरा तिमीसँग खोल्न मन छ ओइ ओइ माया ओइ माया’ गीतको भिडियो अनिल श्रेष्ठ ‘सम्राट’ ले निर्देशन गरेका छन् । गीतको भिडियोमा सिद्धान्त पौडेल र सिर्जना घिमिरे फिचर्ड छन् ।

भिडियो छायाँकन हरि बहादुर लामाले गरेका हुन् भने कविता थामीको नृत्य निर्देशन रहेको छ । भिडियोको सम्पादन भने कमल एक्चै मगरले गरेका हुन् । गीतको भिडयो एस सिने प्रोडक्शन हाउस युट्युव च्यानलबाट सोमबार सार्वजनिक भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.