पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा



काठमाडौ । अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको चलचित्र ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत चलचित्र नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७(अप्रील ९) गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ बर्षको कोसेली स्वरुप चैत्र २७ गते प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारले अभिनय गरेको चलचित्र लक्ष्मण सुवेदीले लेखेका हुन् । शिब ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।