किशोर र सविता’ को ‘शृजना’ मकवानपुरमा छायाँकनमा



काठमाडौँ। अभिनेता किशोर खतिवडा र सविता रेग्मीको मुख्य भुमिका रहेको चलचित्र ‘शृजना’ को हाल मकमानपुर जिल्लाको विभिन्न स्थानमा धमाधम छायाँकन भैरहेको छ । २५ प्रतिशत छायांकन सकिसकेको सिनेमाको माघ १० गते हेटौंडामा शुभमुर्हुत गरिएको थियो ।

सिनेमामा सविताले शृजनाको भुमिका निवार्ह गरेकी छन्, भने अभिनेता खतीवडा उनको पतीको भुमिकामा देखिनेछन् । सिर्जनामा विरेन डिसी र पर्खाया बानियाँ, रामचन्द्र अधिकारी, रमेश अधिकारीलगायतका कलाकारहरुले अभिनय गर्दैछन् ।

सामाजिक कथाबस्तुमा निर्माण भइरहेको ‘शृजना’ लाई बाबु थिङले निर्देशन गरिरहेका छन् । सन्ध्या शाहको लगानी रहेको सिनेमा क्रियसन स्टुडियो प्रालिको व्यानरमा निर्माण भइरहेको छ । सिनेमामा बिकास चौधरीको संगीतको, सुनिल सिंहको छायांकन, राजु किराँतीको द्वन्द्व निर्देशन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.