दयाहाङ र प्रकृतिलाई ‘बिहे पास’ गराउदै प्रबेश



काठमाडौँ। सामाजीक बिषयमा ‘बिहे पास’ नामक चलचित्र निर्माण हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रबेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए ।

रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन् । आकाश बराल,सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी रहेको छ । सामाजीक बिषयमा हास्यरस मिसाएर निर्माण गरिन लागीएको चलचित्रको सुटिङ तराई भेगमा गरिने बताइएको छ ।