मनोजराज र सुजाताको गजलमा गजित र आरोही (भिडियो)



काठमाडौँ। गायक मनोजराज तथा गायिका सुजाता वर्माको स्वरमा तयार भएको गजल ‘वेदनाको भे’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा अभिनेता गजित विष्ट तथा अभिनेत्री आरोही शर्मा फिचर्ड छन् । सन्तोष श्रेष्ठले उक्त गजललाई संगीतबद्ध गरेका छन् । ‘एक एक एघार’ शीर्षकको एल्बममा समावेश गरिएको यो गजललाई डा.केशव शर्माले रचना गरेका हुन् ।

भिडियोमा गजित र आरोहीसंगै नारायण उप्रेती, अनु राई, मनिषा खड्का, विष्णु खड्का, सुवास पोखरेल, सितामैयाँ रचाल, डम्बर खड्काथोकी आदि कलाकारले पनि अभिनय गरेका छन् । नवराज उप्रेतीद्वारा छायांकन गरिएको यो भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

भिडियोमा गजित विष्ट तथा गम्भिर विष्टको कोरियोग्राफी छ । भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.