‘मैले के बिगारे’ भन्दै आईन मेचु (भिडियो)



काठमाडौँ। गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ । निकै मार्मिक शब्द समावेश गीतको भिडियोमा पति वियोगको कथालाई देखाइएको छ । भिडियोमा गायिका मेचु आफैँ फिचर छिन् । भिडियोमा मेचुलाई ज्वाला राईले साथ दिएका छन् ।

मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पिटर गुरुङको छायाङ्कन छ । राज पोखरेलले ड्रोन चलाएको भिडियोमा सम्पादन तथा कलर विष्णुहरि तिमल्सेनाले गरेका हुन् । यसै गीत पुरुष भर्जनमा पनि सार्वजनिक भएको छ । पुरुष भर्जनमा भने संगीतकार कार्की आफैँले स्वर भरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.