‘छ माया छपक्कै’ युट्युबमा सार्बजनिक (पुरा चलचित्र)



काठमाडौं। मल्टिस्टारर चलचित्र ‘छ माया छपक्कै’ यु ट्युबमा सार्वजनिक गरिएको छ । आमा अग्नि कुमारीको अफिसियल च्यानल मार्फत फुल मुभी सार्वजनिक गरिएको हो।

राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा चलचित्रले बोल्नेछ । कमेडी विषय वस्तुमा निर्माण गरिएको चलचित्रले देशमा घटिरहने गम्भीर विषयवस्तु समावेश गरिएको छ । दीपेन्द्र लामा निर्देशनमा निर्माण भएको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

ब्यबसायिक रुपमा सफल भएको चलचित्र ‘छ माया छपक्कै’मा ‘छक्का पञ्जा’ सिरिजकी सफल निर्देशक दीपाश्री निरौला निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् । रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको सिनेमाको कथा निर्देशक लामाले तयार पारेका हुन् ।

दीपकराज गिरीको पटकथा लेखन रहेको चलचित्रको संवाद दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले मिलेर लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाइँको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ ।