मेलिना र राजनको ‘यो मायाको डोरो’ मा अन्जु र सुदिप (भिडियो)



काठमाडौं। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ । प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतमा अन्जु सुनार तथा सन्दिप सुवेदी फिचरिङ छन् । अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ ।