‘न्याय मरेको देश’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायीका शान्ति श्री परियारको आवाजमा रहेको गीत ‘न्याय मरेको देश’ सार्वजनिक गरिएको छ। संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा बनेको भिडियो आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। सार्वजनिक भिडियोले नारीहरु माथि घटेका बलात्कार,एसिड काण्ड र छाउ सम्बन्धि कथा बोल्छ। भिडियो सार्वजनिक कार्यक्रममा कलाकार मदन कृष्ण श्रेष्ठले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए।

राजेश पौडेलको शब्द रचना रहेको गीतमा दिनेश मुस्कानको संगीत रहेको छ। रश्मि शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायाँकन,अनिल कुमार महर्जनको सम्पादन रहेको छ। भिडियोमा लक्ष्मी बर्देवा,सुशील पोखरेल,साक्षी लम्साल,पुजन घिमिरे,बासु शाही,अनिता पौडेलको अभिनय रहेको छ। ‘न्याय मरेको देशमा’ बोलको गीत अनुसार आफुले भिडियो निर्माणमा निकै नै मेहनत गरेको निर्देशक श्रेष्ठले बताइन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.