सुमिनाको अर्को बोल्ड लभ फरेभर


love_for_ever
(सेलिब्रेटी नेपाल) २३ बैशाख असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ फरेभर’ ले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरेर आफ्नो फर्स्ट लुक प्रोमो तथा पोस्टर सार्बजनिक गरेको छ।चलचित्र लाई शंकर आचार्यले निर्देशन गरेका हुन्। नायिका सुमिना घिमिरेको वरिपरी चलचित्रको कथा घुमेको छ ।चलचित्रमा सुमिना हाई सेक्सुअल डिजाएर भएकी लेडीको रोलमा प्रस्तुत हुनेछिन्। सेक्स बिषयमा नै केन्द्रित चलचित्र ‘लभ फरेभर’ लाई सेन्सर वोर्डले एडल्ट सर्टिफिकेट प्रदान गरेको छ।

चलचित्रमा सुमिनाको साथमा गजित बिस्ट, निरज बराल एवम् ‘तितो सत्य’ का बाल कलाकार राज आचार्य पनि देखिनेछन्।आज आयोजना गरियको कार्यक्रममा सुमिना उपस्थित थिइनन्। नायक द्वय गजित र निरज उपस्थित थिय। कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, चलचित्र संघका महासचिव प्रदिप उदयको लगायतको उपस्थिती रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.