तीनजनाले एकैचोटी मन पराएपछि रेश्मा ‘कन्फ्युज'(भिडियो)



काठमाडौँ। लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका गीतकार डा.चन्द्र गिरीको शब्द रचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘कन्फ्युज छु’ को भिडियो सार्वजनिक गरिएको छ । गम्भीर बिष्टको निर्देशन र सुबोल थापाको कोरियोग्राफीमा ललितपुरस्थित छैमले रिसोर्टमा केहीदिन अघि मात्र भिडियोको छायाङ्कन भएको थियो । जसमा रेश्मा घिमिरे, आर्यन खरेल, काजी दर्शन र डिमोन क्षेत्रीले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।

गीतको भाव अनुसार फरक फरक आर्थिक हैसियत र फरक रुप रङ्गका केटाहरुले एकैचोटी मन पराएपछि युवती कसलाई रोज्ने भन्ने कन्फ्युजनमा भएको कुरालाई मनोरञ्जक ढङ्गमा भिडियोमा उतारिएको छ । नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको यस भिडियोको सम्पादन तथा कलर करेक्शन नवीन निरौलाले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.