विश्व कीर्तिमानी गीतकार डा.डीआरको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)



काठमाडौं। विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै’ सार्वजनिक गरिएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ । प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । फरक शैलीका गीत मार्फत डा.उपाध्याय विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् ।

सयौं गीतका सर्जक डा. उपाध्यायका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.