पूर्ण लिम्बु र मेलिना राइको ‘सोल्टिनी’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको गीतमा शिला बहादुर मोक्तानको संगीत संयोजन रहेको छ। समाज सेवी गायकका रुपमा परिचित लिम्बुको यस अघि थुप्रै गीत सार्वजनिक भई सकेका छन्।

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा दयाहाङ राई र रेबिका गुरुङ फिचर्ड छन्। सुदिप बरालले छायाँकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। गिरिराज घिमिरेको सह निर्देशन रहेको भिडियोलाइ सन्तोष शाहले सम्पादन तथा जुनीम गहतराजको कलर संयोजन रहेको छ। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.