‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। आगामी माघ १ गते बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको शिर्ष गीत आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा थुप्रै चलचित्रकर्मी तथा बाक्लो संचारकर्मिको उपस्थिति रहेको थियो।

सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत,बिस्व नेपाली र अस्मिता परियारको स्वर तथा सुष्मा रुपहांङ राइको शब्द रहेको छ। हाल कोभिड १९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका सिनेमा हल खोली नेपाली चलचित्र जगतलाई टेवा पुर्याउने हल संचालकको अभियानमा हामी पनि होस्टेमा हैंसे गर्न आइपुगेका छौं। आगामी माघ १ गते देशब्यापी रुपमा चलचित्र रिलिज गरिने प्रस्तुतकर्ता समेत रहेका अभिनेता शिव श्रेष्ठले बताए ।

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल,ध्रुब कोइराला लगायतको अभिनय रहेको छ। चलचित्रको निर्देशन दिपेस सापकोटाले गरेका हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशाेदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सह-निर्माताहरु हुन् ।