राजनराजको गीतमा राधाकृष्ण बने पल र रेश्मा (भिडियो)



काठमाण्डौ। अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ सार्वजनिक गरिएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतको भिडियो एजिएल कै अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

राजनराज सिवाकोटीको संगीत रहेको यस गीतमा राजनराज र मेलिना राईको स्वर रहेको छ । रमाईलो शैलीको गीतमा पल शाह कृष्णको भूमिकामा छन् भने रेश्मा सीता र राधाको भूमिकामा छन् । भिडियोमा अभिनेता निर्मल शर्माले पनि अभिनय गरेका छन् । भिडियोमा एक नाटकमा रहने कलाकारहरुको रिहर्सलको समयको कथा देखाईएको छ । भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् । सम्पादन तथा कलर ग्रेडिंग नबिन निरौलाले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.