लक्ष्मण गगनको ‘नजरले नजरको’ सार्वजनिक (भिडियो)



काठमाडौं। नयाँ सांगीतिक गजल ‘नजरले नजरको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत/गजलमा राज सागरको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतमा सन्जिव बराइलीको एरेन्ज तथा दीप गुरुङको मिक्सिङ रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा भने, नग्मा श्रेष्ठ र दिपेन्द्र शाही ठकुरीको अभिनय रहेको छ । भिडियोलाई मोडल दिपेन्द्रले नै कोरियोग्राफी गरेका हुन् भने टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । लक्ष्मण गगनका शब्दमा रहेको गीतको म्युजिक भिडियो शनिबार नेपाली वेबसाइटको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।