शिशिरलाई निशाले छाडे पछि (भिडियो)



काठमाडौं । पछिल्लो समय म्युजिक भिडियो निर्माण क्रम बढेको छ । बिबिध खाले भाका र शैलिका गीतका भिडियोहरु सार्वजनिक हुने सिलसिलामा मनै छुने मर्मश्पर्शी बियोगान्त गीतको भिडियो श्रोता, दर्शकमाझ आएको छ । लक्ष्मी काम्बाङको शब्द ‘छाडी जानू थियो भने मन्दिर गई भाक्यौ किन, पाती चडाइ देउरालिमा कसम खान डाक्यौ किन’ जसमा स्वर प्रमोद खरेल, संगीत कृष्ण कुमार राईको रहेको छ भने छायाङ्कन ज्ञानेन्द्र शर्मा, कोरियोग्राफी कन्सेप्ट दिनेस माङ्मु, निर्देशन यासेली योङहाङको रहेको छ ।

यासेली कुशल कलाकार र कार्यक्रम प्रस्तोता पनि हुन् । काभ्रे जिल्लाको एउटा गाउँमा छायांकन गरिएको यो भिडियो नयाँ नयाँ न्युज नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । भिडियोमा शिशिर भण्डारी र निशा श्रेष्ठका साथमा बाल कलाकार सिम्रन पुन रहेका छन् ।