लोफरले गर्यो सुटिङ संगै रिलिज मिति घोषणा


lofer-team
(सेलिब्रेटी नेपाल) २३ बैशाख-प्राय: दशैं र नयाँ बर्षमा मात्र आफ्नो चलचित्र रिलिज गर्ने गरेका छबिराज ओझाले २०७० को नयाँ बर्षमा हमेशा रिलिज गरे भने अब आगामी दशैंमा आफ्नै व्यानरको चलचित्र ‘लोफर’ रिलिज गर्ने घोषणा गरेका छन्। आज सोमबारबाट ललितपुरको गोदावरीमा सुटिङ शुरू गरिएको यो चलचित्र असोज २५ गते फुलपातीका दिन रिलिज गर्ने छबिको योजना छ ।

    चलचित्र सुटिङसँगै रिलिज डेट घोषणा गर्ने पहिलो निर्माता छबि बनेका छन्। एक निर्माताले सुटिङको अन्तिम दिन रिलिज घोषणा गरेका थिय तर पछि उनले त्यो दिन चलचित्र रिलिज गर्न सकेनन। छबि यस्ता निर्माता हुन् जो आफ्ना समयका सबै निर्माता हात बाँधेर बसेका बेलामा पनि आफु नियमित चलचित्र निर्माण गरि रहेका छन् । उनका सबै चलचित्रले राम्रै व्यापार गर्न सफल पनि भयका छन् ।

  आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल ‘क्षेत्री’, रजनी केसी लगायतका कलाकारको अभिनय रहने यो चलचित्र बाट आदित्य विक्रम लम्सालले पहिलो पटक निर्देशन गर्दै छन् ।  सोनाल सापकोटाले संगीतकरको रुपमा पहिलो पटक ‘लोफ़र’बाट डेब्यु गर्दै छन्। नायिकाको रूपमा रजनीको पनि यो चलचित्र पहिलो हुनेछ । चलचित्रमा मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । छविको यो प्रोजेक्टमा भने रेखा लाई देख्न पाइने छैन ।

Copyright © 2012 - 2026 | All Right Reserved.