धन किरण र अन्जुको ‘हावा सरर’ सार्वजनिक (भिडियो)



काठमाडौँ। अंग्रेजी नयाँ बर्षको अवसर पारेर गायक धन किरण गुरुङ र गायीका अन्जु पन्तको स्वर रहेको गीत भिडियो सार्वजनिक गरिएको छ। ‘हावा सरर’बोलको गीतमा शब्द तथा संगीत गायक स्वयम् गुरुङको रहेको छ।

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा बुद्दि तामाङ,आंचल शर्मा,प्रदिप बास्तोला फिचर्ड छन्। डिजी प्रोडक्सन उकेको प्रस्तुतिमा बनेको भिडियोमा राम केसीको छायाँकन,कविराज गहतराजको कोरियोग्राफी,सन्देश शाहको सम्पादन,राजेन्द्र महर्जनको कलर,गिरिराज घिमिरेको सह निर्देशन रहेको छ। अल्का गुरुङ निर्माता रहेको भिडियो डिजी प्रोडक्सन युकेको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।