पौष १० गतेबाट ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउने



काठमाडौँ। शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी गरिएको छ ।

यी दुबै चलचित्र हलमा प्रदर्शन भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएको थियो । देशभरका हल व्यवसायीहरु शुक्रबारबाट हल खोल्न उत्साहित छन् । ९ महिनादेखि बन्द रहेका हलहरुको सरसफाइमा हल व्यवसायीहरु लागेको मधुसुदन प्रधानले जानकारी दिए ।

रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेसँगै थुप्रै कलाकारको अभिनय छ ।

दीपेन्द्र के खनाल निर्देशित ‘आमा’मा मिथिला शर्मा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारको अभिनय छ ।