पदमको ‘झरी भरी’ मा सुरविना (भिडियो)



काठमाडौँ। सञ्चारकर्मी संचित खड्काको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘झरी भरी’ युट्युबमा सार्वजनिक गरिएको छ । कमल खत्रीको शब्द तथा संगीत रहेको गीतमा पदम भट्टराईले स्वर भरेका छन् ।

गीतको भिडियोमा स्वंयम गायक भट्टराई र सुरविना कार्कीलाई फिचर्ड गरिएको छ । रविन्द्र खड्काको सिल्भर साइन इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सनको जिम्मेवारी सम्हालेको गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, शिलन लम्सालको कलर तथा सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.