चलचित्र प्रोजेक्ट बीमा सञ्चालन कार्यविधि २०७७ सुरु



काठमाडौँ। कोभिड सङ्क्रमणको महामारीबाट चलचित्र उद्योगलाई पर्न गएको क्षतिको सम्भावित न्यनुनिकरण तथा चलचित्र उद्योगलाई पुरानै अवश्थामा फर्काउन गरिनु पर्ने नीतिगत कार्ययोजना सम्बन्धमा नेपाल चलचित्र निर्माता संघ होरात्र लागि रहेको थियो । यस बीचमा निर्माता संघले चलचित्र क्षेत्र हेर्ने एकमात्र सरकारी नियमाक निकाय चलचित्र विकास बोर्डसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, सिसिएमसि, नेपाल राष्ट्र बैंक, सम्माननीय प्रधानमन्त्री तथा महामहिम राष्ट्रपति समक्ष कोभिडबाट प्रभावित चलचित्र क्षेत्रको समस्या र यसका समाधानका वारेमा लिखित रुपमा ज्ञापन पत्र बुझाएको थियो ।

यसै सन्दर्भमा, चलचित्र निर्माण सम्बन्धि कार्य (सिनेमा छायाङ्कन) मा भैपरि आउने दुर्घटनाको जोखिम न्युनिकरणका लागि नेपालमा प्रथम पटक चलचित्रको प्रोजेक्ट बीमा, नेपाल चलचित्र निर्माता संघले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको सहकार्यमा ल्याएको थियो । जसबाट सिनेमाको प्रोजेक्टमा भैपरिआउने जोखिमलाई समायोजन गर्न यस्ले धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्दथ्यो । कोरोना संक्रमणको अप्ठेरो परिस्थितिबाट केही हदसम्म चलचित्र निर्माणलाई राहत तथा प्रोत्साहन गर्नका लागि नेपाल चलचित्र निर्माता संघको विशेष पहलमा चलचित्र विकास बोर्डले सोही प्रोजेक्ट बीमालाई, नेपाल सरकारले चलचित्र छायाङ्कन फुकुवा गरेको मितिबाट २०७८ आषाढ मसान्तसम्मका लागि चलचित्र निर्माण ईजाजत लिइने सिनेमाहरुको हकमा चलचित्र प्रोजेक्ट बीमा सञ्चालन कार्यविधि, २०७७ सञ्चालनमा ल्याएको छ ।

जसअनुरूप उल्लेखित समायवधि भित्रमा निर्माणइजाजत लिइ छायाङ्कनमा जाने सिनेमाहरुलाई उक्त कार्यविधिले निर्देश गरेबमोजिम एकलाख पचास हजार रुपैया सम्मको बीमा शुल्क उपलब्ध हुनेछ । उक्त प्रोजेक्ट बीमाको जोखिम ब्यहोर्ने क्षेत्र र बीमा नीतिका सम्बन्धमा निर्माता ले यथासक्य चाढो नेपाल चलचित्र निर्माता संघमा सम्पर्क गर्नुपर्नेछ ।