‘डर्टी पिक्चर’ अभिनेत्री मृत फेला



एजेन्सी। बंगाली नायिका आर्या बेनर्जी कोलकातास्थित आफ्नो निवासमा मृत फेला परेकी छिन् । प्रहरीले उको शंकास्पद मृत्युबारे अनुसन्धान गरिरहेको छ । बेनर्जीले द डर्टी पिक्चर, लभ सेक्स एन्ड धोखालगायत बलिउड चलचित्रमा काम गरेकी थिइन् ।

प्रहरीले तेस्रो तल्लामा रहेको उनको अपार्टमेन्टको ढोका फोडेर भित्र पस्दा ३३ वर्षीया नायिका मृत फेला परेकी थिइन् । देवदत्त भनेर पनि चिनिने बेनर्जी उनको अपार्टमेन्टमा एक्लै बस्थिन् । उनले केही खाना वान्ता गरेर भुइँमा उत्तानो परेर लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जमिनमा रगतका केही थोपा पनि भेटिएका थिए ।

‘शुरुवाती अध्ययनमा केही शंकास्पद पाइएको छैन । तर, मृत्युको वास्तविक कारण पोष्ट मोर्टम रिपोर्ट आएपछि मात्र थाहा हुनेछ,’ एक शीर्ष प्रहरी अधिकारीले भने ।

उनको काम गर्नेले बिहान घरको घण्टी बजाउँदा नखोलेको र फोन पनि नउठाएपछि छिमेकीलाई जानकारी गराएकी थिइन् । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.