शिव परियारको ‘आँसुको अर्थ ३’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँसुको अर्थ ३’ ‘तिमिले पो सक्यौ त’ को भिडियो सार्वजनिक गरिएको छ ।‘आँशुको अर्थ’ र ‘आँसुको अर्थ २’गीतलाई दर्शक तथा स्रोताले मन पराए पछि शिव परियारले ‘आँसुको अर्थ ३’ लिएर आएका हुन् ।‘आँशुको अर्थ’लाई युट्युबमा दुई करोड भन्दै बढी पटक हेरी सकिएको छ भने ‘आँसुको अर्थ २’लाई ५२ लाख भन्दा बढी पटक हेरी सकिएको छ।

गीतमा संचारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् । स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको यो गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

‘आँसुको अर्थ ३’मा नायक आकाश श्रेष्ठले अभिनय गरेका छन्। आँसुको अर्थमा जहाँ सकिएको थियो ‘आँसुको अर्थ ३’को भिडियो त्यहिबाट सुरु गरिएको छ। भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। हरि हुमागाईको छायांकन र धमला विकासको सम्पादन रहेको छ । गीतको भिडियोलाई गायक शिव परियारले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.