मिना र टिकाको ‘च्याँङ्बाले बोलायो’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका मिना तामाङको स्वर तथा टिका बम्जनको शब्द संगीतमा नयाँ गीत सार्बजनिक गरिएको छ। ‘च्याँङ्बाले बोलायो’बोलको गीतको भिडियो शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो।

कार्यक्रममा सभापति एलिजर तामाङ प्रमुख अतिथिमा संबिधान सभा सदस्य माननीय घले, लोक गायक घमेश दुलाल, गायिका इन्दिरा गोले गायक तथा संगीतकार टिका बम्जन लगायतले स्वागत तथा शुभकामना मन्त्यब्य राखेका थिए।

धादिङ जन्मथलो भएकी नव गायिका मिना तामाङ केहि फरक प्यार्टनको गीत गाएकी तामाङले सेलो भने पहिलो पटक गाएकी हुन् ।सेलो भए पनि यस गीतलाई संगीतकार टिका बोम्जनले आधुनिक फ्युजनमा ढालेर सेलो गीतलाई फरक शैलीमा प्रस्तुत गर्न खोजिएको देखिन्छ। जसलाई संगीत संयोजन साहस शाक्यले गरेका छन् ।

सार्वजनिक भिडियोमा पूजा मगर र राज तामाङ देखिएका छन् । भिडियोको छायांकन तथा सम्पादन सुर्य लामाले गरेका हुन् भने भिडियो निर्देशन र कोरियोग्राफी भुवन स्याङ्बो तामाङले गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.