अन्जु पन्तको छोरी अभिनित पहिलो भिडियो सार्वजनिक (भिडियो)



काठमाडौं। गायिका अन्जु पन्तद्वारा पहिलो पटक सङ्गीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीत गीतकार सुरेश वाग्लेले रचना गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ । परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । १० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको गीत निकै उत्कृष्ट बनेको गायिका पन्त बताउँछिन् ।

गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियोलाई गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मार्फत हेर्न सकिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.