सन्जिब र टिकाको ‘कान्छा कान्छी’ बने पल र एलिसा (भिडियो)



काठमाडौँ। गायक सन्जिब पराजुली र गायिका टिका प्रसाईको स्वरमा रहेको नयाँ गीत ‘कान्छी कान्छा’को भिडियो सार्वजनिक गरिसको छ । गीतमा बसन्त सापकोटाको संगीत र शब्द छ भने रिकेस गुरुङको संगीत संयोजन रहेको छ ।

भिडियोमा पल शाह र एलिशा राई फिचर्ड छन् । डान्सिङ नम्बरको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारी एण्ड टिमको छायांकन र लक्ष्मण पौडेलको निर्देशन छ । गीतको भिडियो द भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको हो ।

गायक पराजुली र गायिका टिका प्रसाईको स्वर रहेको ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘तिमी मलाई मनपर्छ’, ‘जानी नजानी’, ‘हातमा घडी’लगायतका गीत चलेका गीत हुन् ।