टेक अधिकारी र सिर्जना खत्रीको ‘ओइ माया’ सार्वजनिक (भिडियो)



गायिका सिर्जना खत्री (हाउडे माया) र गायक टेक अधिकारी स्वरमा नयाँ लोकदोहोरी गीत ‘ओइ माया’ सार्वजनिक गरिएको छ ।

टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोमा हास्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल ,देव बराल ,फरिता खड्का लगायतको अभिनय रहेको छ।

करिब डेढ दशकदेखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायक टेक अधिकारीको यसअघि सिर्जना खत्री (हाउडे माया) सँगको सहकार्यमा ‘ओइ सानी ‘, ‘छडके तिलहरी ‘ लगायत गीतहरु आइसकेका छन् भने उनको शब्द तथा संगीतमा आधुनिक ,देशभक्ति र लोक तथा दोहोरी गरी दर्जनौ गीतहरु सार्वजनिक भईसकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.