‘हतारमा’ आर्यन र बर्षा (भिडियो)



काठमाडौं । गायक समीर आचार्यको ‘हतारमा’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर दिएकी छिन् । शब्द तथा संगीत समेत गायक समीरकै रहेको यस गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री बर्षा राउतलाई एकसाथ देख्न सकिन्छ ।

गीतको भिडियो सान थापाले निर्देशन गरेका हुन् भने गीतमा नृत्य निर्देशन राजीव समरको रहेको छ । गीतको भिडियो अर्जुन तिवारीले खिचेका छन् । भिडियोमा बाबा एजुकेशन र आरकेएस अष्ट्रेलीयाको लगानी रहेको छ । गीतको भिडियोमा सबैले एकदमै मिहेनत गरेको भन्दै गीतलाई आम दर्शकले रुचाउनेमा ढुक्क रहेको गायक समीर बताउँछन् । उनका दुइवटा एल्वम र झण्डै २ दर्जन गीत बजारमा आईसकेका छन् । ‘दुनीया बेग्लै छ’, ‘तम्लाई चट्ट सलाम छ’, ‘घिनघिन बज्यो मादलु’, ‘पीच रोड’, ‘घाममा सुकाइदेउ’, ‘लव लेटर’, ‘ठुम्का’ लगायतका गीतहरु गायक आचार्यका अत्याधिक रुचाइएका गीतहरु हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.