‘डान्स मास्टर लिटल च्याम्स’को निर्णायकमा तेरिया, सुशान्त र रोहिया



काठमाडौँ। ‘डान्स मास्टर लिटल च्याम्स’ हुने भएको छ। आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त शोको औपचारिक घोषणा गरिएको हो।
नेपालमा हुन लागेको ‘डान्स मास्टर लिटल च्याम्स’ रियालिटी सो मा निर्णायकमा तेरिया मगर, सुशान्त खत्री र रोहिया महर्जन बस्ने भएका छन् । उनीहरुले प्रतिस्पर्धीको नृत्य मूल्यांकन गरेर नम्बर दिनेछन् ।

‘सो’ मा एकजना सुपर जज पनि रहने आयोजकले जनाएको छ । सुपर जजका रुपमा नायिका सारंगा श्रेष्ठ रहने छिन् । कार्यक्रमको होस्ट रीमा विश्वकर्मा र सुमन कोइरालाले गर्नेछन् ।

‘डान्स मास्टर लिटल च्याम्स’मा १५ वर्ष मुनिका बालबालिकाले भाग लिन पाउने छन् । ३२ वटा श्रृंखला प्रशारण हुने कार्यक्रम केही महिनापछि सुरु हुने आयोजकले जनाएको छ । डिजिटल अडिसन लिने तयारी भइरहेको छ ।

उक्त सो निर्देशक विशाल भण्डारीले गर्दैछन् । ‘कमेडी च्याम्पियन’ सिजन–२ सकिए पछि उक्त सो हुने भण्डारीले जानकारी दिए । सोको विजेताले २५ लाख, फष्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पाउने छन् । तर यो रकम उनीहरुले कोरियोग्राफरसँग ५०/५० प्रतिशत बाड्नु पर्नेछ ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम थ्रि–प्रोडक्सन र नेपा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गर्ने छन् । केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह निर्माताको रुपमा रहनेछन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.