मधेश र पहाडको प्रेम कथामा बनेको ‘सरला’ सार्वजनिक(भिडियो)



काठमाडौँ। गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीत सरला सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा प्रलाद शाहको शब्द रहेको गीतमा सुवास भुषालको संगीत रहेको छ। गीतलाइ भाका इन्टरटेन्टमेन्टले सार्वजनिक गरेको हो ।

आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गरेर भिडियोलाई फिल्मी स्वरुप दिने निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ मा अन्तरजातिय प्रेम देखाउन खोजिएको छ ।

मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडासँगै दुई फरक समुदायका युवायुवतीबीचको प्रेम देखाइएको ‘सरला’मा मधेशी समुदायमा हुर्के बढेका अभिनेता नाजिर हुसेनले अभिनय गरेका छन् । उनलाई अनु थापाले साथ दिएकी छन् । अन्तरजातिय प्रेम विवाह गरेपछि नाजिरको परिवारले दाइजो नल्याएको भन्दै अनुमाथि गरेको नराम्रो व्यवहारलाई भिडियोमा देखाइएको छ । सागर प्रधानको क्यामेरा, जिवन थापाको सम्पादन र कलर ग्रेडिङ रहेको भिडियोलाइ सार्वजनिक भएसंगै दर्शकले राम्रा राम्रा प्रतिक्रिया दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.