किरण र एलिनाको ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक(भिडियो)



काठमाडौँ। गायक किरण भुजेल र गायिका एलिना चौहानको स्वरमा फरक शैलीको गीत ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक गरिएको छ । किरण भुजेलकै प्रस्तुतिमा तयार भएको गीतमा नेपसिनेले सहकार्य गरेको छ । गीतमा सुनिल कटुवालको शब्द, प्रेम घिमिरेको संगीत छ । यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । यो गीतको भिडियोमा गायक किरण भुजेल, गायिका एलिना चौहानको साथमा मोडल श्रेया सिटौला, अजय श्रीज, सुनिल कटुवालको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.