‘डिसेम्बर फल्स’आर्यन संग उपासनाको जोडी पक्का



काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ मा अभिनेत्री उपासना सिंह ठकुरी फाइनल भएकी छिन् । सस्पेन्स लभस्टोरी चलचित्रको केहि हप्ता अघि औपचारिक घोषणा गरिएको थियो । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा उपासना संगै आर्यन सिग्देल,सलोन बस्नेत,सुमन थापा,नागेन्द्र रिजाल,दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारले अभिनय गर्नेछन् ।

लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको चलचित्रलाई भारतीय टेलिभिजन तथा चलचित्र उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । त्यसैगरी ‘डिसेम्बर फल्स’ को छायांकन पनि भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले गर्नेछन् ।

‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । चलचित्रमा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका बिबिध घटना,समस्यासमेत समाबेश हुने बताइएको छ । चलचित्रको पटकथा र सम्वाद भने केदार भुसालले तयार पारेका हुन् ।

०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । चलचित्र काठमाडौ र पोखरामा खिचीने बताइएको छ ।