सञ्जीब सिंहको ‘तारेमाम’ (भिडियो)



काठमाडौँ। गायक सञ्जीब सिंहको स्वरमा ‘तारेमाम’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द रचना रहेको छ । गायक सञ्जीब सिंहले सार्वजनिक गरेका ‘चुलेसीमा, मेरी माया, गोरी यता सुनन, रमाइलो छ यो साँझ’ जस्ता गीतहरुले सर्वाधिक चर्चा पाएका थिए । स्टेरियो रेकर्डको प्रस्तुतिमा तयार भएको ‘तारेमाम’ बोलको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

सार्वजनिक भिडियोमा रुपेश थापाको छायाँकन, विकास धमलाको सम्पादन छ । गीतमा गायक सिंहले काठमाण्डौको एक रैथाने यूवकको कथा बोलेका छन् । भिडियोमा निर्देशक खड्काले काठमाण्डौको रहनसहन, भेषभुषा र संकृतीलाई प्रस्तुत गरेका छन् ।