निर्माता संघको निर्वाचन काठमाण्डौको ठमेल स्थित होटल वैशालीमा सुरु


producer assocition
(सेलिब्रेटी नेपाल) २१ बैशाख-नेपाल चलचित्र निर्माता संघको निर्वाचन काठमाण्डौको ठमेल स्थित होटल वैशालीमा सुरु भयको छ । निर्माता संघको साधारण सभा सकिएर भर्खरै मात्र वन्द सत्र सुरु भएको हो । साधारण सभाको क्रममा विभिन्न चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । निर्वाचनका लागि २ सय ४१ सदस्यहरुले मतदान गर्ने तालिका छ । त्यस मध्येबाट दुई उपाध्यक्ष पदमा रोज राणा र उदय सुब्बा निर्विरोध भईसकेका छन् । उदय यहि कार्यकालका उपाध्यक्ष हुन् । यता कोषाध्यक्ष पदमा पनि यहि कार्यकालकी प्रज्ञा जोशीले निर्विरोध हुँदै कोषाध्यक्ष पद सम्हाल्दै छिन् । बाँकी महासचिव पदका लागि केशव भट्टराई र सुरेश दर्पण पोखरेल भिड्दैछन् ।
अशोक शर्मा प्यानल
महासचिव : केशव भट्टराई
सचिव : छविराज ओझा
सदस्यहरु :उकेश दाहाल, कविता श्रेष्ठ, गाविन्द शाही, विजय वस्नेत, मोहन डोटेल, नन्दु श्रीवास्तव, हरी वराल, सुनिल रावल

राज कुमार राई प्यानल
महासचिव : सुरेश दर्पण पोखरेल
सचिव : शुसिल पोखरेल
सदस्यहरु : प्रभु शम्शेर जबरा, डिक खड्का, बीरेन श्रेष्ठ, राजेश घतानी, दिनेश पाख्रिन, करन क्रेजी, विक्रम शाह, मनिराम पन्थ (मनिष)

साझा उम्मेरद्वार (सदस्य) : सुशन प्रजापती, सुनिल मानान्धर, माधव वाग्ले