नायिका तृप्तिका छोरा नेपाली चलचित्रमा डेब्यु गर्दै



काठमाडौँ । नेपाली चलचित्र उद्योगमा कलाकारको छोरा छोरीले नेपाली चलचित्रमा प्रवेश गर्ने लहर नै चलि रहेको छ भन्दा फरक नपर्ला। कतिपय कलाकारका छोरा छोरी सफल भएका छन् भने कति असफल पनि बनेका छन्। ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘सम्झना’ जस्ता सुपरहिट चलचित्रमा काम गरेकी नायिका तृप्ति नाडकरका छोरा धिरज टोटलानी नेपाली चलचित्रमा डेब्यू गर्ने भएका छन् । निर्देशक सुरेन्द्र पौडेलले उनलाई नायक बनाउन लागेका हुन् ।

लकडाउनभन्दा अगाडि नै निर्देशक पौडेल चलचित्रको छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले चैत पहिलो साताबाट लकडाउन गरेपछि फिल्म छायांकनमा निस्कन सकेको छैन । चलचित्रमा धिरजसँगै अभिनेत्री अदिती बुढाथोकी र गायक नितेशजंग कुँवरको पनि अभिनय रहनेछ ।

बलिउड अभिनेता अनुपम खेरको ‘एक्टर प्रेपरेस’ कलेजबाट अभिनयको कोर्ष गरेका धिरजले थुप्रै सर्ट फिल्म तथा विज्ञापनमा काम गरेका छन् । चकलेटी लुक्सका धिरजलाई चलचित्र अफर गर्न निर्देशक पौडेल मुम्बई नै पुगेका थिए । उनी चलचित्रको छायांकनका लागि चाँडै नेपाल आउने तयारीमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.