ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ यु ट्युबमा सार्वजनिक (पुरा चलचित्र)


 


काठमाडौँ: ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ यु ट्युबमा सार्वजनिक गरिएको छ । २०७५ चैत्र १५ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

चलचित्र ‘शुभलभ’ लाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी, कृष्टिन पौडेल,सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.