मुकुन र बेनिषा बुटवल पुगेर बने रोमान्टिक



काठमाडौं । सरकारले सिनेमा हल खोल्ने अनुमति नदिएपनि कति निर्माता स्थिति सामान्य भएपछि छायाँकन जाने भन्दै तयारी गर्न थालेका छन् । यस्तैमा चलचित्र ‘भाँडाकुटी’ युनिटले पनि अहिले चलचित्र छायाँकनको तयारी गरिरहेको छ । छायाँकनका लागि युनिट सहित अभिनेता मुकुन भुषाल र अभिनेत्री बेनिशा हमाल लोकेसन हेर्न काठमाडौं बाहिर निस्किएको छ । फागुन पहिलो साताबाट छायाँकन हुने चलचित्र ‘भाँडाकुटी’ युनिट अहिले लोकेशन हेर्न बुटवलमा पुगेको छ ।

निर्देशक किरण विकको साथमा चलचित्रका लागि लोकेशनमा निस्किएका कलाकार मुकुन र बेनिशाले बुटवलको तिनाउ खोलामा रोमान्टिक अवतारमा केही तस्विर समेत खिचाएका छन् । पहिलोपटक यसै चलचित्र मार्फत जोडीको रुपमा देखिन लागेका उनीहरुको तस्बिर हेर्दा एकअर्कासँग घुलमिल भैसकेको अनुमान लगाउन सकिन्छ । चलचित्र ‘भाँडाकुटी’ मा मुकुन र बेनिशाका अलावा महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदी लगायतको पनि अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.