एलिनाको ‘लाहुरे हरायो’ सार्वजनिक (भिडियो)



काठमाडौं। एलिना चौहान र प्रशान्त पौडेलको स्वरमा रहेको ‘लाहुरे हरायो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । एबीएस म्युजिकले सार्वजनिक गरेको गीतमा प्रशान्त पौडेलकै शब्द तथा संगीत रहेको छ ।

अनिल कुमार मानान्धरले निर्देशन गरेको म्युजिक भिडियोलाई बिदुर आपागाँईले निमार्ण गरेका हुन् । एलिना र प्रशान्तकै अभिनय रहेको म्युजिक भिडियोलाई श्याम कुवरले सम्पादन गरेका छन् । आशिस भाइले खिचेको भिडियोको पोष्ट प्रोडक्सन तुल्सी फिल्मसमा गरिएको हो ।