निशान र अर्जुनको ‘तिमीलाई देखेपछि’ सार्वजनिक (भिडियो)



काठमाण्डौ। संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको भिडियो डिभाईन म्यूजिकबाट सार्वजनिक गरिएको हो ।

गीतमा निलकण्ठ सुवेदीको शब्द रचना रहेको छ । गीतमा युवा-युवतीको भेटपछि भएका प्रेमका कुराहरु रहेका छन् । शुरेष दर्पण पोखरेलले भिडियोको निर्देशन गरेका छन् । संयुक्त राज्य अमेरिकाका बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको यस भिडियोमा भरत सुबेदी र शमिन श्रेष्ठले अभिनय गरेका छन् । सार्वजनिक भिडियोलाइ बिनोद अधिकारीले छायांकन गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिंग भरत रेग्मीले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.